नवौं राष्ट्रिय खेलकुद : महिला तथा पुरुष भलिबलमा एपीएफलाई स्वर्ण
पाेखरा | कात्तिक ३, २०७९
पोखरा : नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लबले स्वर्ण पदक जितेको हो ।
नेपाल एपीएफ क्लबले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ ले अङ्कले जितेको हो ।
यस्तै पुरुष तर्फको कास्य पदक नेपाल पुलिस क्लबले जितेको छ ।
बिहीबार नै सम्पन्न भएको खेलमा गण्डकी प्रदेशललाई सोझो सेटमा पराजित गर्दै पुलिसले कास्य पदक जितेको हो ।
महिलाको तर्फको स्वर्ण एपिएफको पक्षमा
महिला भलिबलको स्वर्ण पदक सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नै जितेको छ ।
बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइलन खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै उपाधि चुमेको हो । एपीएफले पहिलो सेट २५–१९ र दोस्रो सेट ३०–२८ अङ्कले जितेको थियो ।
पुलिसले तेस्रो सेटमा एपीएफलाई २६–२४ अङ्कले पराजित गरेको थियो । चौथो सेट भने एपिएफले २५–१९ अङ्कले जित्यो । एपीएफ टोलीको कप्तानी विनिता बुढाथोकीले तथा पुलिस टोलीको कप्तानी कमला पुनले गरेकी थिइन् । गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती प्रदेश प्रतियोगितामा तेस्रो भयो । बागमतीले गण्डकीलाई २०–२५, २५–१२, २५–२१ र २५–१७ अङ्कले पराजित गरेको थियो ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

